बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनसँगै वडा नम्बर ८ लाई पनि छाउपडी गोठमुक्त वडा घोषणा गरिएको बताइन् । उनले भनिन् “पटकपटक गरी चार पटक वडाभर अनुगमनपछि हामीले छाउगोठ मुक्त वडा घोषणा गर्यौ, एक–दुई वटा अहिले पनि छन् तर त्याँहा छाउपडी बसेको देखेनौं, तसर्थ अहिले वडामा ९० प्रतिशत छाउगोठ छैनन् ।” त्यस्तै नगर उपप्रमुख थापाले नियमित अनुगमन र सुझाव सल्लाह र जनचेतनापछि यो सँगै ७ वटा वडा छाउगोठ मुक्त वडा घोषणा भएको भन्दै अब वडा नम्बर १ र ७ बाँकी रहेको बताइन् । ति वडामा पनि अहिले अनुगमन गर्दा खासै छाउगोठ नभेटिएको भन्दै दुवै वडालाई यसै बर्षभित्र घोषणा गर्ने र आगामी आर्थिक बर्षमा नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने
बाजुराको रानीशैनमा प्रहरी चौकी स्थापनाका लागि गृहमन्त्रीलाइ ज्ञापन पत्र
जिल्लाको पर्यटकीय क्षेत्र रानीशैन हिमालमा प्रहरी चौकी स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । जिल्लाको हिमाली गाउँपालिकामा पर्ने रानीशनैमा चोरी सिकारी तथा तस्करको अखडा बन्दै गएकोले सो ठाउँमा प्रहरी चौकी स्थापनाका लागि ज्ञापन पत्र बुझाईएको हो । बाजुरा हिमाली गाउँपालिकाका स्थानीय तथा अनेरास्ववियूका नेता धर्मराज तिमिल्सेनाले गृहमन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएका हुन । तिमिल्सेनाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्र गम्भीर सुरक्षा चुनौतीको अवस्थाबाट गुज्रिरहेको छ । भौगोलिक रूपमा अत्यन्त दुर्गम र पहुँच कम भएको यस क्षेत्रमा प्रहरी संरचना तथा सुरक्षात्मक उपस्थिति नरहेको कारण स्थानीय जनजीवन, सार्वजनिक शान्ति–सुरक्षा, सामाजिक स्थायित्व तथा विकास–निर्माणका कार्यहरू प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
देउडा तथा सडक नाटक प्रदर्शन गर्दै खप्तड छेडेदहमा लैङ्गिक हिंसा विरुद्धको अभियान समापन
बाजुरा / बाजुराको सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । बुधवार एक औपचारिक कार्यक्रमका विच उक्त वडालाई ७ औं छाउपडी गोठमुक्त वडाका रुपमा घोषणा गरिएको हो । बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनसँगै वडा नम्बर ८ लाई पनि छाउपडी गोठमुक्त वडा घोषणा गरिएको बताइन् । उनले भनिन् “पटकपटक गरी चार पटक वडाभर अनुगमनपछि हामीले छाउगोठ मुक्त …
बाजुरा, नेकपा (एमाले) बाट सुदूरपश्चिम क्षेत्रबाट ईश्वर पोख्रेल अध्यक्ष लड्ने समूहबाट स्थायी समिति सदस्य कर्णबहादुर थापा उपमहासचिव र केन्द्रीय सदस्य झपटबहादुर रावल सचिव पदका उम्मेदवार बन्ने चर्चा चलेको छ । उपमहासचिव लड्ने थापा आठौ, नवौ र दशौबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुँदै आएका छन् । भने उनी १० औं महाधिवेशनपछि स्थायी …
१५ मंसिर, सुर्खेत । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयनमा गर्दा कर्णाली प्रदेशमा भने अरु भन्दा भिन्न प्रकृतिको शक्ति–संघर्ष देखिएको छ । अरु प्रदेशतिर संस्थापन र इतर पक्षको प्रतिस्पर्धा भयो । तर कर्णालीमा भने केपी ओलीलाई नै नेता मान्ने स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी गुटको टक्कर भएको छ । तत्कालीन नेकपा विभाजनपछि एमाले कर्णालीको शक्ति–संघर्ष फेरिएको छ । कर्णालीमा कँडेल र बोगटीले फरक फरक गुट चलाउँदै …
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com