ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



आगलागी पीडितलाई बडीमालिकाले गर्यो राहत वितरण


बाजुरा २४ माघ । बाजुराको सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई बडीमालिका नगरपालिकाले राहत वितरण गरेको छ । २१ माघमा बडीमालिका नगरपालिका–९ गैरीबजार स्थित एक घरमा आगलागी भएको थियो ।  आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो ।  जसमा बडीमालिका नगरपालिका, पीसविन नेपाल, गिफ्ट नेपाल, उपहार नेपाल र एच।आर।सी।बाजुराले राहतमा सहयोग गरेका छन् । राहतमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत वितरण गरिएको बडीमालिका नगरपालिकाका कर्मचारी भानुभक्त जैशीले बताएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.