निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन् । आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।
बाजुरा लगायत सुदुरपश्चिमका ४ जिल्ला अतिसंदेनशीलको सूचीमा
सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ । २१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए । उनकाअनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयोगी भूमिकामा खटिनेछ । ९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
माघ २७ गतेबाट बाजुराका एक हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
बाजुरा / बाजुरामा एक हजार ८०६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाभर यहीँ माघ २७ गतेदेखि फागुन ३ गतेसम्म एचपिभी खोल लगाइने भएको हो । स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लाल बहादुर खड्काकाअनुसार यस बर्ष जिल्लामा कक्षा ६ का एक हजार ७८१ र गत बर्ष छुटेका २५ गरी १८०६ जना किशोरीहरुलाई उक्त खोप लगाइने छ । उनले गत बर्ष …
सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ । २१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात …
१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन् । आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले …
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com