हकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन्।
लामिछानेलाई प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।
अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरेका छन्।
‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ लामिछानेले भने, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ। अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ।’
ओली सरकार रहेसम्म यस्तै 'हर्कत' गरिराख्ने पनि लामिछानेको भनाइ थियो। ‘केपी ओलीको शासन सत्ता रहेसम्म, यो सरकार रहेसम्म यो देश बन्दैन,’ उनले भने, ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस हो। ओली देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य हो।’
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com