ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार


२४ माघ, काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले  नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,’ कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भने ।

यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.