ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरा,अछाम्,र डाेटीकाे अवरुद्ध इन्टरनेट सेवा सुचारु


बाजुरा —बाजुरा सहित तीन जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । मंगलबार साँझदेखि बाजुरा, अछाम र डोटीमा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा  मध्यान्हबाट पुनः सुचारु भएको हो ।

मंगलबार साँझ डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहानदेखि अवरुद्ध नेट सेवा सुचारु गर्न प्राविधिकको टोली खटिएर काम सम्पन्न पश्चात इन्टरनेट सेवा सुचारु भएको छ । एनटी फाइबरको इन्टरनेट सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालयमा दैनिक कामकाज प्रभावित भएको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.