ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरामा दुइ दिनदेखी विद्युत अवरुद्ध,जनजीवन प्रभावीत्


बाजुरा– बाजुरा जिल्लामा दुइ दिन देखी विद्युत सेवा अवरुद्ध भएकाे छ ।  विधुत सेवा अवरुद्ध हूँदा बिहिबार र शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालयकाे सेवा सँगै जनजीवन समेत प्रभावीत भएकाे छ ।  बैकल्पीक उर्जाकाे ब्यवस्था नभएका  कार्यालयकाे  सेवा  पुर्ण रुपमा बन्द भएकाे छ । बुधबार राति देखी राष्टिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे ।

अबिरल वर्षाको कारणले दिपायल- साफेबगर ३३ के.भि लाईनको डोटीको सनागाऊको नजिक १ वटा पोल ढलेर बिधुत सेवा अबराेध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।

अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ । साे लाईनकाे मर्मतका लागि अछामबाट प्राविधिक टोली खटिएर काम भइरहेकाे  बाजुरा बितरण केन्द्रले  जनाएकाे छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.