बाजुरा / बडीमालिका भक्तियोग समागम कार्यक्रममा आठ लाख बढी रकम संकलन भएको छ । जिल्लाको सदरमुकाम मार्तडीको खेदकुद मैदानमा संचालन गरिएको उक्त भक्तियोग समागममा आठ लाख १७ हजार २५ रुपैयाँ आर्थिक रकम संकलन भएको हो । एक सय ४३ जना चन्दा दाताबाट उक्त रकम संकलन भएको बडीमालिका भक्तियोगका महासचिव उमाकान्त पाध्याले बताएका छन् ।
उहाँका अनुसार बिषेश गरि बाजुराका धार्मिक तथा पर्यटकिय क्षेत्रलाईलाई पहिचान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको महासचिव पाध्यायले बताउनुभयो । बडीमालिका भक्ति योग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम संचालन गरिएको थियो ।
विश्व प्रसिद्ध सर्वोच्च सिद्ध शक्ती पिठ बडीमालिका भगवतीको पावन भुमी बाजुरा जिल्लाको यस सदरमुकाम मार्तडीमा यसै बाजुरा जिल्लाका सुपुत्र विश्व विख्यात धर्म गुरु अन्तराष्ट्रिय भागवत भुषण भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष श्री नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजको पावन सन्धिध्यमा धर्म जागर,अध्यात्म चिन्तन्,आत्म शान्ति,संस्कृति संरक्षण,सुसंस्कारीत समाज निमार्ण र भक्ति योग धाम स्थापनाको पावन उदेश्यका साथ उक्त भक्ति योग समागम भएको हो ।
योग समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान,आत्म चिन्तन,भक्ति संगीत,मन्त्र साधना,श्रृगारीक मन्त्र आरती,ग्रह विज्ञान विचार,धर्म विज्ञान विश्लेष्ण,योग शिविर बाल विकास,मातृपितृ भक्ती,लगायत राष्ट्रिय चिन्तनका बारेमा उहाँले प्रवचन दिनुभएको थियो । भक्तियोग समागम करिब ९ दिन सम्म संचालन गरिएको हो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com