ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति


बाजुरा २३ फागुन। बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ ।

आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा सहित भेडीगाेठमा रहेका अन्य मालसामान जलेर नष्ट भएकाे जगन्नाथ गाउँपालिका १ का वडाअध्यक्ष गणेशराज गिरीले बताएका छन् ।

आगलागिबाट भएको क्षतीको विवरण संकलन गर्न प्रहरी सहितको टोली घटनास्थलमा गएको वडाअध्यक्ष गिरी बताएका छन् । आगलागिबाट भएकाे क्षति विवरण आउन बाँकी रहेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.