बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ ।
भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि आइतबार साँझ धनगढी पुगाईएको थियो ।
जिल्ला अस्पताल बाजुराले उनको थप उपचारका लागि सेती प्रादेसिक अस्पताल धनगढी रिफर गरेको भएपनि सेति अस्पतालमा आइसियु बेड खाली नहुँदा चंदाराको धनगढीको निजि अस्पताल माया मेट्रोमा उपचार भईरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका चंदाराको निजि अस्पतालमा उपचार गर्नका लागि आर्थिक अभाव भएको उनका आफन्तहरुले बताएका छन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com