ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बम्का आगलागी पीडितका लागि बाम्का बजारका आगलागी पीडितका लागि राहत कोष स्थापना


बाजुरा / बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि बुढीगंगा नगरपालिकाले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । आइतवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

नगर प्रमुख रामबहादुर बानियाँले भीषण आगलागीबाट ठूलो धनजनको क्षति व्यहोर्नु परेको भन्दै पीडितहरुका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको बताए । उनले उक्त राहत कोषमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ दिने समेत निर्णय भएको जानकारी दिए ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य जारी छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.