ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बसको ठक्करबाट घाईते महिलालाई थप उपचारकाे लागि सुर्खेत लगियाे


बाजुरा / साँफे-मार्तडी सडकखण्डमा पर्ने अम्कोटमा बसको ठक्करबाट घाईते भएकी महिलालाई रेफर गरिएको छ । बुढीगंगा नगरपालिका-१ अम्कोट स्थायी घर भएकी ३५ वर्षीया बिस्ना पाध्याय बसको ठक्करबाट घाईते भएकी हुन् ।

धनगढीबाट सदरुमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएकी थिईन् ।  बस रोकेर राखेर यात्रु झारेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर बसले किच्दा उनी घाईते भएको हुन् ।

६ महिनाको पेटमा बच्चा भएकी गर्भवती महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त सुपरिटेन्डेन्ट डा. सुनिल कुमार शाहले बताएका छन् ।

पेटमा रहेको बच्चाको धड्कन विस्तारै कम हुदै गएको र आमाको खुट्टामा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार गर्न सम्भव नभएको उनले बताएका छन् ।

बसको ठक्करबाट गम्भीर घाईते भएका ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा मृत्यु भएको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.