बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकामा आइतबार तीन वटा घरमा आगलागी हुँदा जलेर नष्ट भएका छन्,भने लाखौंको क्षती भएको छ । सोही नगरपालिका–४ ताडीका स्थानीय गुलाव बोहरा,भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आगलागि हुँदा ४५ लाख ५० हजार रुपैया बराबरको धनमालको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलागीबाट तीन वटै घर पुरै जलेर नष्ट भएका छन् । घर जलेर नष्ट भएपछि उनीहरुको आफन्तकोमा बस्दै आएका छन् । तीनै जनाको घर संगै जोडिएकाले आगलागिबाट बढी क्षती भएको हो । आगलागिबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकबहादुर बोहराले जानकारी दिएका छन् ।
क्षेती भएका परिवारलाइ बुढिनन्दा नगरपालिकाले प्रतिपरिवार ३० हजारका दरले राहत समेत दिएकाे बुढिनन्दा नगरपालिकाका बिपत फाेकल पर्सन धर्मराज पाध्यायले बताएका छन ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com