बाजुरा / बुढिनन्दा नगरपालिकामा स्मार्ट हेल्थ संचालन गर्न स्मार्ट हेल्थ परियोजनासंग सम्झौता भएको छ । एक कार्यक्रमका बिच स्मार्ट हेल्थ संस्था र बुढिनन्दा नगरपालिका बिच स्मार्ट हेल्थ संचालन गर्न सम्झौता गरिएको हो । स्मार्ट हेल्थका सिनियर प्रबन्धक दिपिका खर्ती र बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन ।
स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्मार्ट हेल्थ परियोजना मार्फत टेलि मेडिसिन सेवा सँचालनमा ल्याने उदेस्यले सो कार्यक्रमको सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाको पहलमा पालिका भित्र रहेका स्वास्थ्य सस्थामा सो सेवा संचालन गरिने बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार। बोहराले बताए ।
‘डिजिटल हेल्थ’ माध्यमबाट नागरिकको स्वास्थ्यलाई मध्यानजर गरि सेवालाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउन स्मार्ट हेल्थको सेवा संचालन गनिने नगरप्रमुख बोहराले बताए । नगरपालिका भित्रका वञ्चितीकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट वञ्चित हुन नदिन स्मार्ट हेल्थ सेवाले दुर्गमका नगरिकका लागि प्रभावकारी रहने नगर प्रमुख बोहराले बताए । ‘डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै अघि बढ्न आफु लागिपर्ने बताएका छन ।
बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शन्तोष कुमार शाहले स्मार्ट हेल्थ कार्यान्वयनका लागि तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका छन् । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि इस्मार्ट हेल्थ अवधारणालाई अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेर कार्यान्वयन गरि नगरपालिका नगरबासीको सेवाका लागि तत्पर रहेको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।
स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उदेस्यका साथ नगरपालिकाका स्वास्थ्य संस्थामा सो सेवा संचालन गरिने शाहले बताए । प्रमुख प्रशासकिय अधिकृत शाहका अनुशार स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चिततता सहित सेवालाई निरन्तरता दिन नगरपालिका कटिबद्ध रहेको बताएका छन ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com