ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



चट्याङ लागेर एक बालिकाको मृत्यु


बाजुरा — बडिमालिका नगरपालिका-६ कोर्धको लेक थलामा चट्याङ लागेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय लेकखर्कमा राती सुतेको बेला चट्याङ पर्दा कोर्ध निबासी तुले रावलकी छोरी परु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी सोही तुले रावलकै दुई भैसी र एक गोरु समेत मरेको बडिमालिका नगरपालिका वडा न ६ का कार्यबाहक वडाअध्यक्ष परे बडुवालले बताएका छन ।
बिहान साढे ४ बजे प्रहरीलाइ जानकारी आएको र जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरीको टोली पुग्न बाकी रहेकोले अन्य के क्षेती भयो भन्ने बिषयमा आधिकारीक नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन ।  घटना बारे थप जानकारी आउन बाँकी  छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.