ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते


डोटी । डाेटीकाे केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले बताए।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.