ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



दुई महामन्त्रीसँग देउवाको छलफल निष्कर्षविहीन


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफल निष्कर्षविहीन बनेको छ । देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए । 

केन्द्रीय समितिमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन सभापति देउवाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । पर्सि बिहान ९ बजे पुनः बस्ने गरी छलफल सकिएको उपसभापति धनराज गुरुङले जानकारी दिए । 

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार छलफल सहमति उन्मुख रहेको छ । ‘सबै विषय सहमति उन्मुख छ । सबै एजेन्डामा सहमति सहित १६ गते केन्द्रीय समिति बैठक बस्छ‚’ उनले भने ।

कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय हुनुपर्ने प्रतिवेदनमा विवाद छ । सोही विवादका कारण साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा निर्णय लेख्न सकिएको छैन ।

सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगन गरेर कांग्रेसमा सभापति देउवाले प्रतिवेदन परिमार्जन गराउन चाहेका छन् । संस्थापन पक्ष कुनै पनि हालतमा परिमार्जन गराउन चाहन्छ भने इतर समूहले प्रतिवेदन पारित हुनुपर्ने अडान कायमै राखेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.