ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो : प्रचण्ड


२९ माघ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताए ।

‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’

सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै प्रचण्डले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गरे । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उनले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताए ।

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको दावी गरे ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.