ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



एमाले बाजुराद्धारा चेतनदीप जेहेन्दार छात्रवृत्ति स्थापना,कक्षा १२मा उत्तीर्ण गरी उत्कृष्ट अंक ल्याउने बिद्यार्थी प्रदान गरिने


बाजुरा १८ जेठ /  नेकपा एमालेका प्रतिनिधि तथा विद्यार्थी नेता चेतनदीप ऐडीले सहादत प्राप्त गरेको स्मृतिमा नेकपा एमाले बाजुरा जिल्ला कमिटीले “चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति” को स्थापना गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बताए ।
सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी उत्कृष्ट अंक ल्याउने बाजुराका विद्यार्थीहरूलाई लक्षित गरी स्थापना गरिएको छात्रवृत्ति कार्यक्रम ऐडीको योगदान र बलिदानप्रति सम्मान प्रकट गर्नुका साथै अत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अध्यक्ष ओलीले बताए ।
छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरिएको छ । एक लाख रुपैयाँ बराबरको कोषको व्याजबाट वर्षेनी एक जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । पाँच लाखको कोष हुँदा पाँच जना, दस लाखको कोष हुँदा दश जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने उद्देश्य पाटीले लिएको उनले बताए ।
२०७९ को निर्वाचनमा ऐडीले सहादत प्राप्त गरेको करिब डेढ वर्षपछि, २०८२ जेठ १ गते सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पहिलो पटक छात्रवृत्ति वितरण गरिएको छ । उक्त अवसरमा जनप्रकाश माध्यमिक विद्यालय, कोल्टीका विद्यार्थी हेम बहादुर सहानीले उत्कृष्ट अंक ल्याएको आधारमा छात्रवृत्ति प्रदान गरिएको थियो । सहानीले बुढीनन्दा नगरपालिका २ स्थित जनप्रकाश मावि कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका छन् ।
छात्रवृत्ति वितरण नेकपा (एमाले) को जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को वार्षिक बैठक वा जिल्ला अधिवेशनका अवसरमा गरिने अध्यक्ष ओलीले बताए । योग्य विद्यार्थीको विवरण राष्ट्रिय परीक्षा बोर्डमार्फत संकलन गरि छात्रवृत्तिसँगै नगद पुरस्कार र बधाई प्रमाण–पत्र पनि प्रदान गरिने छ ।
अक्षयकोष स्थापना र विस्तारका लागि आर्थिक सहयोगका निम्ति पार्टीले सबैलाई अपील गरेको छ । एक लाख वा सो भन्दा बढी सहयोग गर्ने दाताको नाम छात्रवृत्ति स्पोन्सरको रूपमा प्रमाण–पत्रमा उल्लेख गरिने पनि जनाएको छ । एक लाख भन्दा कम सहयोग गर्नेहरूलाई पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक वा जिल्ला अधिवेशनमा सम्मान–पत्र प्रदान गरिने पनि एमाले बाजुराले बताएको छ ।
सहयोग गर्न चाहने व्यक्तिहरूले नेकपा एमाले बाजुराको उल्लेखित राष्ट्रिय बाणिज्य बैंक खाता ४०७०१००००१२१७००१ मा रकम जम्मा गरी जम्मा गरेको बैंक स्लीप वा भौचर ९८५८४२१७८३ नम्बरमा ह्वाटसवमार्फत समेत पठाउन अनुरोध गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.