ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



एमाले बुढीगंगा नगर कमिटी अध्यक्षमा थापा चयन


बाजुरा– नेकपा एमाले बुढीगंगा नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ ।  साेमबार सम्पन्न दोस्रो अधिवेशनबाट राकेश थापाकाे नेतृत्वमा  कमिटी चयन भएकाे हाे ।
दोस्रो नगर कमिटीको अधिवेशनको निर्वाचन समितिले थापा अध्यक्ष रहने गरी ३९ सुदस्यीय सर्वसम्मत नगर कमिटी बनाएको निर्वाचन कमिटीका संयोजक हंस बुढथापाले बताएका छन् ।
नगर कमिटीको उपाध्यक्षमा भक्त नेपाली,सचिव सुशिला कुमारी मिजार,उप सचिवमा धीरचन्द्र गिरी र सर्पजित सार्की सहितको नगर कमिटी गठन गरिएको छ ।
नेकपा एमाले बुढीगंगा नगर कमिटीका कार्य बहाक अध्यक्ष हरिकेश नेपालीको अध्यक्षतामा संचालन भएको दोस्रो नगर कमिटीको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादु्र थापाले गरेका थिए ।  दोस्रो अधिवेशन  शनिबारबाट सुरु भएको हो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.