उक्त गाडमा २ वटा काठेपुल रहेका छन् तर दुबै पुलमा ओहोर दोहोर गर्दा ज्यान नै जोखिममा राख्नु परेको स्थानीयहरुले बताएका छन् । पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरीद देखि बिद्यालय जानआउन समेत समस्या हुने गरेको छ ।
उक्त वडाका स्थानीयहरुका अनुसार साना बालबालिकाहरुलाई बिद्यालय आवतजावत गर्न समस्या बढि भएकाले यसमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताएका छन् । वडा नमबर ८ अन्र्तगतका भडार,लोतु, मल्लेसी ,रजाडाका स्थानीयहरु उक्त काठेपुलबाट दैनिक काम गर्न बढि आहोर दोहोर गर्ने गरेका छन् ।
र्थाला भन्ने ठाउमा झोलुङगे पुल रहेको भएपनि उक्त पुलमा जान समय लाग्ने भएकाले स्थानीयहरुले पुल भन्दा पनि काठेपुलको प्रयोग गर्ने गरेका छन् । काठेपुल पनि जिणर् रहेकाले उक्त ठाउमा वडाले केहि बिकल्प गरी दिनुुपर्ने स्थानीयले माग गरेका छन् । हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com