ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



हिमालीमा गाँउपालिकामा २ कराेडकाे लागतमा शित भण्डार निर्माण


बसन्त बिश्वकर्मा

 बाजुरा २० फागुन। बाजुराकाे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा कृषकहरुको बारीबाट उत्पादन हुने खाद्य बस्तुको भण्डारणका लागि बनाउन लागिएको शीत भण्डार गृह निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र धुलाचौरमा करिव २ करोडको लगानिमा निर्माण हुन् लागेको शीत भण्डार गृह निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको १ करोड, प्रदेश र संघ अन्तरगतको १ करोड गरि करिव २ करोडको लागतमा ह्याण्डिक निर्माण सेवा कम्पनि काठमाण्डाैले उक्त शीत भण्डार गृह निर्माणकाे काम गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उनका अनुसार पालिकाभित्रका कृषकहरुले स्थानिय स्तरमा उत्पादन गरेका खाद्य वस्तुहरुको बजारीकरणमा सहजता ल्याउन शित भण्डार गृह निर्माण गरिएको हो । निर्माण सम्पन्न पछि २० मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने भएको छ ।

गाउँपालिकाले पालिका भित्रको खाद्य सूरक्षाका लागि मात्रै चालु आर्थिक वर्षमा १ करोड रकम विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाले यसै वर्षभित्र पालिकाका कृषकहरुले उत्पादन गरेको खाद्य वस्तुलाइ बजारसम्म पुर्याउनका लागि कृषि एम्वुलेन्स समेत खरिद गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

गाउँपालिकामा स्याउ, सुन्तला, कागति, अोखर, नास्पति लगायतका करिव ५० हजार बाेट विरुवाहरु हुक्रिरहेका छन् ।  गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई कृषि खेतिमा आत्मनिर्भर बनाउन १ रुख रोपे बाफत ५ केजि चामल समेत दिदै आएको छ । पालिकामै शित भण्डार गृह बनेपछी स्थानियहरुले स्थानिय स्थरमा उप्पादन गरेको बस्तु किसानले अर्कों ठाँउमा निर्यात गर्न सक्ने र फलफुल तथा तरकारी खेर जाने बाध्यताको अन्त्य हुनेछ ।

बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव नहुने र गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार निर्माण भएपछि किसानलाई फाइदा पुग्ने भएको छ । यो सँगै स्थानिय स्तरमा उत्पादन भएका तरकारी भण्डारण गरी बजारीकरण गर्न सकिने र सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको छ ।

सिजनमा क्विन्टलको हिसाबले उत्पादन हुने आलु र प्याज बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुने गरेको थियो । भण्डारण गरेर पछि बिक्री गर्दा राम्रो आम्दानी गर्न सकिने कृषकहरुले बताएका छन् । शीत गृह भण्डार निर्माण भएपछी किसानलाई सहज हुने गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् ।

आगामी केही महिना भित्र शीत भण्डार निर्माण कार्य सम्पन्न भैसकेपछि व्यवसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज हुने भएको छ । किसानले शीत भण्डारबाट मौसममा उत्पादन गरेका वस्तुलाई बेमौसमको समयमा राम्रो र उचित मुल्यमा बिक्री गर्न सक्ने सम्भावना रहेकोे छ । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाको सहयोेग रहने गाउँपालिका अध्यक्ष मल्लले बताए ।

गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा विशेष प्राथमिकताका साथ लगानी गरिरहेको छ । कृषि क्षेत्रबाट पालिकालाई समृद्ध बनाउनका लागि निरन्तर लागिरहेको  गाउँपालिकाका अध्यक्ष मल्लले बताएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.