बाजुरा,१३ जेठ / जगान्नाथ गाउँपालिका वडा नम्बर २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३जनाको मृत्यु भएको छ।
आज बिहान जगन्नाथको पिलुचौर बाट जगन्नाथको कांडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मतका लागि टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का लगायत कर्मचारी चढेको टेलिकमकै बा५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा ३जनाको घटना स्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएका प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मृतक लगायत गम्भीर घाइतेलाई एम्बुलेन्समा सदरमुकाम मार्तडी ल्याउन लागिएको र उहाँहरुको पहिचान हुने क्रम जारी रहेकाले थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताउनुभयो ।जिप सडक बाट अन्दाजी ८०मिटर तल खसेको जनाइएको छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com