ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



जीपको ठक्करबाट ६० बर्षिया बृद्धाकाे मृत्यु


बाजुरामा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १० घर भई हाल वडा नम्बर ९ बस्ने अन्दाजी ६० बर्षकी रुपशिला धामी रहेकी छन् ।

शुक्रवार दिउँसो बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा मार्तडीबाट कोल्टी जादैँ गरेको सु.प.प्र.०१–००१ च ४४३० नम्बरको जीपले ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

कैलालीको चुरे गाउँपालिका ६ का लोकेन्द्र साउदले चलाएको जीपले सोहि ठाउँको पसलमा सामान झार्ने क्रममा ब्याग गर्ने क्रममा धामी सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिएर मृत्यु भएको जनाएको छ । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि काेल्टी अस्पताल ल्याउने तयारी भइरहेकाे स्थानीयले बताए ।

जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.