बाजुरा—बाजुराकाे बुढीगंगा नगरपालिकाले कृषि ऐन बनाउने गृहकार्य थालेको छ । नगरपालिकाले पहिलाे चरणमा ऐनको मस्यौदा छलफलका लागि कृषकहरूकाे राय लिन प्रारम्भिक छलफल गरिएकाे छ ।
स्थानीय तहमा छुट्टै कृषि ऐन नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेकाे भन्दै स्थानिय कृषि ऐन बनाउन लागिएको नगरपालिकाले जनाएकाे छ ।
कृषि विकासका पाँच नीतिगत आधारमा उल्लेख भएका उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवाको पहुँच, कृषि तथा पशु बिमा र न्यूनतम समर्थन मूल्यसहित खरिदको ग्यारेन्टीका प्रावधानलाई कानुनी रुपमा व्यवस्थित गर्न ऐन आवश्यक भएकोले कृषि ऐन निर्माणकाकाे लागि कृषक र सराेकारवालाहरू बिच प्रारम्भिक छलफल गरिएकाे साहस नेपालका कार्यक्रम संयाेजक देसेन्द्र राईले बताए । बुढीगंगा नगरपालिका र साहस नेपालकाे आयाेजना तथा राष्ट्रिय कृषक समूह नेपालकाे सहजिकरणमा प्रारम्भिक छलफल गरिएकाे साहस नेपालका कार्यक्रम संयाेजक राईले बताए ।
नगर स्तरीय कृषक समूहका काेषाध्यक्ष सीता साउँदकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा राष्ट्रिय कृषक समूह नेपालका संरक्षक नवराज बस्नेतले सहजिकरण गरेका थिए । साहस नेपालका कार्यक्रम संयाेजक देसेन्द्र राईले संचालन गरेकाे कार्यक्रममा कृषक समूह, बुढीगंगा नगरपालिका कृषि शाखा र पशु साखा प्रमुख नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम सिंह, खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत सराेकारवालाहरूकाे सहभागिता रहेकाे थियाे ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com