ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



'कुलिङ पिरियड' हटाउन र अवकाशको उमेर हद बढाउन दबाब दिँदै सचिवहरू


प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवा विधेयक व्यवस्था गर्न लागिएको दुई वर्षे 'कुलिङ पिरियड' हटाउन मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरूले लविङ थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियड नराख्न आग्रह गरेका उनीहरूले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेट्न लागेका हुन्।

सचिवहरू अहिले सभामुख घिमिरेलाई भेट्न संघीय संसद सचिवालय सिंहदरबार पुगेका छन्। त्यसपछि आजै दिउँसो २ बजे उनीहरूले राष्ट्रिय सभा अध्यक्षलाई भेट्नेछन्।

संघीय कर्मचारीहरू अवकाशपछि दुई वर्षपछि मात्र राजदूतलगायत संवैधानिक पदमा नियुक्त हुन मिल्ने गरी निजामती सेवा विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति भएको थियो।

कर्मचारीहरूलाई मर्का पर्ने भन्दै सचिवहरूले कुलिङ पिरियड हटाउन लविङ गर्दै आएका छन्।

साथै अवकाशको उमेर हद पनि बढाउन उनीहरूको माग छ। ऐन बनेको वर्ष ५९ वर्षमा र त्यसलगत्तैको वर्ष ६० वर्षमा अवकाश हुने बनाउन उनीहरूको माग छ।

निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएर संसदमा जाँदैछ। विधेयक संसदमा पुग्नुअघि नै सचिवहरूले कुलिङ पिरियड हटाउन दबाब दिँदै आएका हुन्।

समितिमा छलफलका बेला कांग्रेस र माओवादी सांसदहरू दुई वर्षे कुलिङ पिरियडका पक्षमा थिए भने एमाले एक वर्षमात्रै राख्नुपर्नेमा थियो। तर गृहमन्त्रीले यसबारे छलफल गरी टुंग्याउन समय मागेका थिए। गृहमन्त्रीले समितिमा दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव गरेपछि सहमतिमै पारित गरिएको थियो तर अहिले सचिवहरू उक्त व्यवस्था उल्टाउन लागेका छन्।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.