ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



लागु औषध चरेश सहित एक महिला मार्तडी बजारबाट पक्राउ


बाजुरा–   बडीमालिका नगरपालिका–८ मार्तडीको गौडाबाट लागु औषध चरेश सहित एक महिला प्रहरीले शनिबार  बेलुकी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौमुल गाउँपालिका घर भई हाल मार्तडीमा बसोबास गर्दै आएकी ३७ वर्षीया मागी धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार  घर भित्र लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५८ दशमलव २ ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हो ।

लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद सहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी भनाई रहेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.