बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ ।
मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे ।
आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर ८ र १० का वडाअध्यक्ष र घरधनीहरूकाे उपस्थितिमा सडक क्षेत्रमा पर्ने घरहरू भत्काउने काम सुरू गरिएकाे नगरप्रमुखका स्वकीय सचिव केशर बाेहराले जानकारी दिएका छन् ।
मार्तडी-काेल्टी सडकलाई फराकिलाे र दिगाे बनाउने गरि वडा नम्बर १० काे पाण्डुसेन बजारकाे सडक एरियाका घरधनीहरूले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा सहयाेग गरेकाे नगर प्रमुख जनक कुमार बाेहराले बताएका छन् ।
मार्तडी- काेल्टी सडक खण्ड अन्तरगत अहिले पाण्डुसैन क्षेत्रकाे सडकमा डवल कटिङ गर्ने काम भईरहेकाे छ ।
मार्तडी देखि काेल्टीसम्मकाे ४२ किलोमिटर सडक मध्ये मार्तडी देखि चुथिसम्म करिव ९ किलोमिटर सडक कालाेपत्रे भएकाे छ ।
मार्तडी -काेल्टी सडक खण्डकाे सिलान्यास गरिएको २५ वर्ष पूरा भएपनि अझैसम्म सम्म पुरै पक्की सडक बन्न सकेकाे छैन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com