ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मार्तडीकाे उपरकाेटमा बुधवार देखि शुक्रवार सम्म अनन्ते मेला लाग्ने


बाजुरा १ असाेज  । बाजुरामा असोज २ गतेबाट अनन्ते मेला लाग्ने भएको छ । याे मेला मामुिहक उत्सवकाे  रुपमा  यस वर्ष असोज २ देखि ४ गतेसम्म लाग्ने भएको हो ।

भाद्र शुक्लपक्ष पुर्णिकाे  दिन देखि शुरु हुने याे मेला  तिन सम्म चल्ले गर्दछ । अनन्ते शब्द अन्यायकाे अन्त्य बाट अपभ्रम्स भइ अनन्ते भएकाे बताइन्छ । अन्यकाे अन्त्य र न्यायाकाे शुरुवाद भएकाे अवसरमा खुिसयाली मा याे मेला शुरुवाद भएकाे  किमदन्ती रहेकाे छ ।

अनन्ते मेलाकाे प्रमुख माैलिक पिहचान भनेकाे यहाँकाे पाेषाक,मिजुरा र भारी खेल हाे । भारी खेलमा देवि देवताका मागलहरु प्रस्तुत गर्नु हाे । विषेसगरी बडिमािलका नगरपालिका वडा न‌ ८ र ९ स्थानीयले मार्तडी याे मेला महत्वका साथ मनाउने गर्दछन् ।

यस वर्षको अनन्ते मेलालाई व्यवस्थित गर्न बडीमालिका नगरपालिकामा नगर उप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको छ । बैठकले मेलालाई व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।

जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताएका छन् ।

विज्ञापनयो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् ।

अनन्ते मेलालाई व्यवस्थित बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सि जस्ता मादक पदार्थ, लागु पदार्थ विक्री वितरण एवंम सेवन गर्न निषेध गरिने भएको छ ।

मेलालाई सुव्यवस्थित ढंगले संचालन गर्नका लागि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा संयोजक, ९ का अध्यक्ष सुर्यकिरण विक सहसंयोजक रहने गरि ११ सदस्यीय मेला व्यवस्थान समिति समेत बनाईएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । त्यस्तै मेला अवधिभर मार्तडी बजार आसपास क्षेत्रमा मदिरा उत्पादन, विक्रि वितरण, ओसारपसार र सेवन गर्न पूर्ण रुपमा निषेद गरिने र मदिरा उत्पादन विक्रि वितरण, ओसार पसार गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.