ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाई बनाएको जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए ।

उनले भने, ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ, त्यसको निरन्तरता हामीले पाउँछौँ कि पाउँदैनौ त्यसको सुनिश्चित हुनुपर्छ, हामीले मधेस प्रदेश सरकार पाएनौ भने सङ्घीय सरकारबारे सोच्न बाध्य हुन्छौँ ।’

जसपाको आधार क्षेत्र मधेस हो र अहिले मधेस प्रदेश सरकारको नेतृत्व उसले गरेको छ । त्यसलाई कुनै पनि हालतमा निरन्तरता दिन चाहन्छ । अहिलेको यो गठबन्धनमा पनि जसपा नेतृत्वको सरकार अल्पमतमा छ । काँग्रेसले समर्थन फिर्ता लिने बित्तिकै जसपा नेतृत्व सरकार अल्पमतमा जान्छ ।

अहिलेको चार दलीय गठबन्धनले मधेस प्रदेशको सरकारलाई टिकाउन गाह्रो हुन्छ । जसपा नेतृत्वको सरकार जोगाउनका लागि नेकपा (एस), लोसपा, जनमतमध्ये कुनै दलले साथ दिनुपर्छ । वा तीन जना स्वतन्त्र सांसदले साथ दिनुपर्छ तर हालसम्म त्यसको सुनिश्चितता नदेखिएको कारण जसपा आत्तिएको छ ।

यता, लोसपा, जनमतले पनि मधेस प्रदेशमा सरकारको नेतृत्व नपाएसम्म गठबन्धनलाई साथ नदिने भनेको छ । मधेस प्रदेशमा जसपालाई अब सहयोग गर्न सकिँदैन भनी प्रधानमन्त्री प्रचण्डलाई भनिसकेको छ । यस अवस्थामा जसपाका अध्यक्ष उपेन्द्र यादव निकै अप्ठ्यारोमा परेका छन् ।

गठबन्धनको आठ बुँदे सम्झौतामा हस्ताक्षर गरिसकेका कारण त्यहाँबाट पछाडि हट्ने कुरा हुँदैन तर जसपा सरकारबाट एक स्टेप पछाडि हटेको हो । 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.