काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसँग नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूले शुक्रबार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा.थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र नेपालस्थित एसियन विकास बैंकका निर्देशक अर्नाउद काउचोइसले अर्यालसँग भेट गरेका हुन् ।
करिब एक घण्टाको भेटमा आसन्न लगानी सम्मेलनबारे कुरा भएको थियो । मुख्यसचिव अर्यालले कूटनीतिज्ञहरुसँग लगानी सम्मेलन सफल पार्नेबारे छलफल भएको जानकारी रातोपाटीलाई दिए ।
लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना हुँदैछ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com