विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो ।
संकल्प प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।
यसैबिच प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।
प्रदेशसभाको आजको बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् । विपक्षमा भने ५३ जनाको उपस्थिति छ । यसैबिच प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ५ सांसद अनुपस्थित छन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com