ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



प्रहरी दिवस अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत


बाजुरा \ नेपाल प्रहरीको ६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

बाजुरामा पनि बिबिध कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय बाजुराले पनि प्रहरी दिवस  मनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाजुराले ६९ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार प्रदान  गरेकाे छ ।

‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नाराका साथ स‌चालन भएकाे कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपिरक्षक दिलिप कुमार गिरीकाे अध्यक्षतामा स‌ंचालन गरिएकाे कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या रहेका थिए ।

समारोहमा प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले प्रहरीले  जस्तो सुकै विषम परिस्थितिमा पनि नागरिक मैत्री सेवा प्रवाहलाई केन्द्रबिन्दुमा राखी उच्च निष्ठासाथ कामकाे निरन्त्ररता हुदै आएकाे र यसलाइ निरन्त्ररता दिन अुनराेध गरेका छन । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको शान्ति सुरक्षा बलियो  बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।  बुधबार ६९ औं प्रहरी दिवस समारोहमा प्रजिअ पाध्याले जिल्लामा हुने विभिन्न घटनाहरुलाई मध्येनजर गर्दै शान्ति सुव्यवस्था कायम हुने गरी तोकिएको कार्यमा खटिन निर्देशन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नेपाल प्रहरीको ६९ औं दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी पाध्याले भौगोलिक विकटाका कारण हुने अपराधिक गतिविधीलाई रोक्न प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लामा कतिपय प्रहरी चौकीहरु भाडामा बस्दै आएको र भौतिक संरचना अभावका कारण पनि नागरिकको सुरक्षामा खटिएर उत्कृष्ट योगदानप्रति धन्यवाद दिएका छन् ।

भौगोलिक विकटता,भौतिक पुर्वाधार अभावमा पनि नागरिकलाई दिएको सेवाप्रति प्रजिअ पाध्याले प्रशंसा गरेका छन् । प्रहरीले नागरिकको सेवामा अनुशासित,मर्यादित भएर  काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  सुदृढ योगदान सहितको सुरक्षा व्यवस्था कायम गरी जिल्लामा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरणमा प्रहरीको अहम् भूमिका रहेको उनले बताए ।

कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विक, ससस्त्र प्रहरी नायव उपरिक्षक श्याम रावत सहायक प्रमख जिल्ला अधिकारी रुपक मण्डल,राष्टिय अनुसन्धान अधिकृत रहेका थिए । कार्यक्रमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, उध्याेग बाणिज्य स‌घ, पत्रकार महासघका प्रतिनिधी तथा जिल्ला स्थित बिभन्न स‌चार माध्याममा कार्यरत पत्रकारहरुकाे समेत सहभागिता रहेकाे थियाे ।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.