ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सहकारीको रकम खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता देखियो: लेखनाथ दाहाल


संसदीय विशेष छानबिन समितिका सदस्य लेखनाथ दाहालले गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता देखिएको बताएका छन्।

 दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा मिडियामा आएपछि त्यसलाई खर्च गर्न भने उनी संलग्न देखिएकाले सोही अनुसार कारबाही गर्न सिफारिस गरिएको दाबी गरे।

‘हामीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरू, पीडिहरूका बयानहरू  र अनुसन्धानका तथ्यमा जेजे देखिए र जसजसका जति कमजोरी भए कमजोरीका आधारमा कानुनी कारबाही गर्न सिफारिस गर्ने भन्ने सन्दर्भमा हाम्रो सर्वसम्मति छ,’ दाहालले सेतोपाटीसँग भने,‘रवि लामिछानेजीको सहकारीबाट गोर्खा मिडिया प्रालिमा पैसा ल्याउने कुरामा उहाँको संलग्नता देखिएको छैन। तर गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता देखिएको छ।’

उनले प्रतिबेदनका शुद्धाशुद्धी हेरेर प्रतिवेदन पारित गर्ने बताए। ‘हिजो (आइतबार) राति ३ बजेसम्म बसेर हामीले प्रतिबेदन तयार पारेका छौं, अब केही भाषा र शुद्धाशुद्धी हेरेर प्रतिवेदनमा हस्ताक्षर गर्न बाँकी छ,’ दाहालले भने,‘गैरकानुनी ढंगले नै कम्पनीमा सेयर किन्ने, सेयर बेच्ने र अरू अरू गतिविधिमा पनि उहाँको संलग्नता देखिएकाले कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने भन्ने विषयमा हामी सहमत छौं।’



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.