ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सिमान्तकृत वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवालासंग छलफल


बाजुरा २६ जेठ। बडीमालिका नगरपालिकाका सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्न र यहाँका स्थानियतहले यस्ता बर्गहरुको स्वास्थ्य सम्वन्धिको हकअधिकार सुनिश्चित गर्न निती तथा कार्यक्रम निर्माण गरि आवश्यक बजेट विनियोजन गर्नुपर्ने सरोकारवालाले कार्यक्रममा बताएका छन् ।

सरकारले विभिन्न निती तथा कार्यक्रम संचालन गरिरहेको छ, तर पीछडिएको बर्ग र सिमान्कृत बर्गको हितमा निति,निर्माण नहुँने भएका कारण उक्त बिषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताईएको छ ।

बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर बुढाले नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने सेवाग्रीहरुका लागि नगरपालिकाको स्वास्थ्य शाखा  निरन्तर लागिरहेको बताएका छन् ।

बडीमालिका नगरपालिकाका नगरउपप्रमुख नन्दा कुमारी थापाले सिमान्कृत बर्गका नागरिकहरुलाई अझै स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउन नसकिएको बताउनुभएको छ । नगरभित्रका स्वास्थ्य संस्थामा सहज रुपमा सेवा लिनका लागि बनाईएका संरचनाहरु भएपनि आवश्यक उपकरण र जनशक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

अव नगरका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई सेवामुखि बनाउन आफुहरुले विषेश योजनाका साथ बढ्ने बताएकी छन् ।

कार्यक्रमा विपन्न बर्गका नागरिकहरुलाई माथी उठाउनका लागि आउदो बजेट निर्माणमा यस्ता कार्यक्रमहरुलाई समेटेर लैजान कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए ।

सिमान्तकृत तथा सेवाबाट बन्चित समुहमा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सदरमुका मार्तडीको दृष्ट्रि होटेलमा सम्पन गरिएको हो । कार्यक्रममा बडीमालिका नगरउपप्रमुख नन्दा कुमारी थापा, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रका केशवराज पण्डित, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी उपेन्द्र ढुंगाना, बडीमालिका नगरपालिकाका २, ३, ५, ७,  ८ र ९  का वडा अध्यक्ष, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.