ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सिंहदरबारमा भेट्दै ओली, देउवा, प्रचण्ड


प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच छलफल हुने भएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच कुराकानी हुने तय भएको छ।

‘अहिले ४  बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुनेछ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

सदन अवरोध हटाउने विषयमा प्रतिपक्षी दल नेता प्रचण्डसँग कुराकानी गर्न खोजे पनि सम्पर्क भइनरहेको प्रधानमन्त्री ओलीले आज एमाले संसदीय दल बैठकमा भनेका थिए।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.