नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्रै नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयन्त्र बनाउने बताएका छन्।
गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख थियो। तर उक्त विषय अहिलेसम्म अघि बढ्न सकेको छैन।
महामन्त्री थापाले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरू गर्ने बताएका हुन्।
उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने पनि बताए।
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ। केही दिनभित्रमा नेपाली कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछ,’ उनले भने, ‘अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरू राजनीतिक दलहरुसँग संवाद गर्छौं।’
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com