ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सोमबार बसेको मन्त्रिपरिषद् बैठकाेे निर्णय सार्वजनिक, के छन् ?


१३ फागुन, काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

त्यस्तै नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एकजना महासेनानी, २ जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्नेलगायत विभिन्न १५ निर्णय गरेको छ।

हेर्नुहोस् मन्त्रिपरिषद् निर्णय :

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.