बाजुरा / सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ ।
आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् ।
उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय र आगोलाई नियन्त्रण गर्नका लागि आवश्यक पर्ने सामग्रीहरुको विषयमा जानकारी गराउने उद्देश्यले डेमो प्रदर्शन कार्य गरिएको बताए ।
ग्याँसबाट लाग्ने आगो निभाउनका लागि भिजेको कपडा,बाल्टिन र हातको औलाको सहाराले निभाउन सकिने डेमो देखाइएको छ । डेमो प्रदर्शनमा कतिपय मानिसहरुले आत्मदाह गर्ने प्रयास गर्ने गरेकाले उक्त व्यक्तिलाई बचाउने उपाय र उसको प्राथमिक उपचार ल गायतका पनि डेमो देखाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक रावतले बताएका छन् ।
डेमो प्रदर्शनमा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष राय,स्थानीय बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थी र सरोकारवालाहरु सहभागी थिए । सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराको वार्षिक कार्यक्रम अनुसार मार्तडीमा जनचेतना फैलाउने र आगो निभाउने उपायको डेमो प्रदर्शन गरिएको हो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com