ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सशस्त्र प्रहरी बल बाजुराले मनायो छैटौ स्थापना दिवस


बाजुरा १४ कार्तिक– सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म बाजुराले विविध कार्यक्रम गरि छैटौ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो ।
‘सशस्त्र प्रहरी बलको स्थापनाको उद्देश्य अनुसार समुदाय र राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका खेलेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेले बताए । मुलुकका हरेक विपद् तथा सङ्कटमा नागरिकहरुको जिउ ज्यानको रक्षा तथा राष्ट्रको सुरक्षा संवेदनशीलतामा समेत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उनले बताए ।
कार्यक्रममा बिभिन्न बिधाका खेलहरु भलिबल, हाजिरि जबाफ निबन्ध दौड लगाएका कार्यक्रममा उकृष्ठ सशस्त्र प्रहरी यो बर्ष उकृष्ट कार्यसम्पादन गरेका सशस्त्र प्रहरीलाई पुरस्कार सहित प्रमाण पत्र समेत प्रदान गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म बाजुरालाई जग्गा सहयोग गरेको जनौटी सामुदायीक बनका अध्यक्ष भक्तबहादुर विष्टलाई दोसल्ला सहित प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिलबहादुर रावत, हिमाली गाउपालिका अध्यक्ष गोविन्द मल्ल, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या विशिष्ट अतिथि रहेका थिए । पूर्व जनप्रतिनिधि बडिमालिका नगरपालिकाका ७,८,९ र बुढीगंगा नगरपालिका ४ वडाका वडा अध्यक्षहरु सुरक्षा निकायाका प्रमुख ब्यापारी पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नित्य, गायन लगाएतका कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । कार्यक्रमको अन्तमा सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्मका गुल्मपति श्याम रावतले धन्यबाद ब्यक्त गरेका थिए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.