ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भर्ना गरे १७ कर्मचारी


धनगढी– सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले १७ जना कर्मचारी भर्ना गरेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कार्यालय सहयोगी, परामर्श सेवा र सवारी चालकहरू गरेर दुई वर्षमा १७ जना कर्मचारी भर्ना गरेको हो। मन्त्रीपरिषद्को कार्यालयले यस वर्ष दरबन्दी सेवा करारमा ६ जना कार्यालय सहयोगी, चार जना परामर्श सेवा र ६ जना सवारी चालक भर्ना गरेको छ। उनीहरूलाई मासिक ज्यालादारीमा जागिर दिएको हो।

अम्मराज उपाध्याय, नरेन्द्रसिंह धामी, नवराज बोहरा, प्रदिप बोहरा, लक्ष्मणप्रसाद अवस्थी र दिनेश चौधरीलाई भर्ना गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० मा समेत उनीहरूले काम गरेका थिए। सो कार्यालयले यस वर्ष पाँच जना परामर्श सेवा अन्तर्गत करारमा कर्मचारी भर्ना गरेको छ। आरती देउवा, युवराज भट्ट, प्रेमविक्रम शाह, अनितादेवी चौधरी र छेदुराम चौधरीलाई परामर्श सेवा अन्तरगत मासिक ज्यालादारीमा भर्ना गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा चार जना मात्र कर्मचारी थिए। यस वर्ष भने डोटीका प्रेमविक्रम शाह परामर्श सेवामा थपिएका हुन्। मुख्यमन्त्री कार्यालयले एवन क्षेत्री, निवेश आर्चाय, अमरसिंह राना, इन्द्रसिंह धामी, रामपाल राना र नरेन्द्र सिंहलाई रिक्त रहेको दवरवन्दीमा हलुका सवारी चालकमा भर्ना गरिएको छ। उनीहरूले गत आर्थिक वर्ष २०७९/८० मा समेत सवारी चालकको रुपमा काम गर्दै आएका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले पुराना ज्यालादारी तथा करार सेवाका कर्मचारीलाई पुनः भर्ना गरेका छन्।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.