ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



स्वामिकार्तिक खापर गाउँपालिकाबाट ७० टन स्याउ ढुवानी गरिदै


बसन्त बिश्वकर्मा  बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ ढुवानी हुन थालेकोे छ । गाउँपालिकामा उत्पादित पाकेको ७० टन स्याउ कर्णाली करिडोर हुदै बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ढुवानी भएको हो ।
गाउँपालिकाको कृषि विकास शाखा प्रमुख विनोद शाहीका अनुसार स्याउ ढुवानीका लागि अनुदान नहुँदा पालिकाले काटुन सहयोग गरेर केहि स्याउ ढुवानी भएको छ ।
स्वामिकार्तिकको स्याउ ढुवानी हुन थालेपनि स्याउ उत्पादनको पकेट क्षेत्र बुढीनन्दा र जगन्नाथमा फलेको स्याउ भने पाकेर बारीमै झर्न थालेको कृषकहरुले बताएका छन् । जगन्नाथ गाउँपालिका भने ढुवानीका लागि संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला मध्ये सबैभन्दा बढी स्याउ उत्पादनको पकेट क्षेत्र मानिएको बाजुरामा हरेक बर्ष सडक अवरुद्धले स्याउ ढुवानीमा समस्या हुदै आएको छ । बारीमा लटरम्म स्याउ पाक्ने लागेपनि सबै ठाउँ सडक अवरुद्ध भएपछि पाकेर बारीमै कुहिन थालेको बुढीनन्दाका कृषकहरुले गुनासो गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी सुरेश बोहराले स्वामिकार्तिकको स्याउ कणर्ाली करिडोरबाट ढुवानी भएपनि बुढीनन्दामा दुवैतिर सडक अवरुद्ध हुँदा ढुवानी हुन नसकेको बताएका छन् । सडक अवरुद्ध र प्रदेशबाट बजेट नआउँदा स्याउ ढुवानीमा समस्या भएको भन्दै बजेट आए लगत्तै ५० प्रतिशत अनुदानमा स्याउ विभिन्न सहरमा ढुवानी हुने सूचना अधिकारी बोहराले बताए ।
कणर्ाली करिडोर र मार्तडी कोल्टी सडक महिनौदेखि अवरुद्ध हुँदा केहि स्याउ बारीमै कुहिन थालेको छ भने बुढीनन्दाका अधिकांश कृषकहरुले बोकेरै सदरमुकाम मार्तडीमा बिक्रीका लागि ल्याउने गरेका छन् । बुढीनन्दाबाट कणाली करिडोर जान दानसाघु र धुलाचौरका खोलामा पानीको बहाव अत्याधिक हुँदा अवरुद्ध र मार्तडी कोल्टी महिनौदेखि अवरुद्ध हुँदा स्याउ कृषकहरुलाई ढुवानीमा निकै समस्या भएको छ । बारीमा लटरम्म स्याउ पाकेपनि बजारसम्म पुगाउन तत्काल अवरुद्ध सडकखण्ड खुलाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाको करिब एक सय ७५ हेक्टर क्षेत्रफलमा बार्षिक ११ सय ३७ क्विन्टल स्याउ उत्पादन हुदैँ आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाका सबै पालिकामा स्याउ खेति हुने भएपनि अहिलेसम्म ती चार पालिकामा मात्रै व्यवसायिक रुपमा स्याउ खेति गरिदै छ ।
बाजुराको स्याउको स्थानीय तह तथा कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्ला भित्र सहित धनगढी, नेपालगंज महेन्द्रनगर लगायतका ठाउँमा निर्यात हुदैँ आएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.