विश्व वातावरण दिवसको अवसरमा जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटामा रहेको शसस्त्र प्रहरी बल आश्रित गुल्मको परिसर र जनौटी सामुदायिक वनमा बुधबार वृक्षारोपण गरिएको छ ।
जिल्ला डिभिजन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले संयुक्त संयुक्त आयोजनामा गुल्मको परिसर र वनमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।
‘हाम्रो भूमी,हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी वल आश्रित गुल्म बाजुराले तीन सय बढी विभिन्न प्रजातीका बोटविरुवा रोपेको डिभिजन वन कार्यलय बाजुराका निमित्त डिभिजनल वन अधिकृत सुवासचन्द्र अयडीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार वन कार्यालय र गुल्मको सहकार्यमा वन कार्यालयले बोट विरुवा उपलव्ध गराएपछि वृक्षारोपण गरिएको अयडीले बताए ।
डिजिभन वन कार्यालय बाजुरा र शसस्त्र प्रहरी वल आश्रित गुल्म बाजुरामा कार्यरत शसस्त्र प्रहरीहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
गुल्मको परिसर भित्र र सामुदायिक वनमा समेत विभिन्न प्रजातीका बोटविरुवाहरु रोपिएका छन् ।
वृक्षारोपण कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरिक्षक शंकरदत्त तिवारी,डिभिजन वन कार्यालय बाजुराका निमित्त डिभिजनल वन अधिकृत सुवासचन्द्र अयडी लगायत कर्मचारी पत्रकारहरु सहभागी थिए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com