ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कैलाली पुग्यो स्वामीकार्तिकको अर्गानिक स्याउ, बारीमा चालिस, बजारमा १ सय तीस


बसन्त बिश्वकर्मा

बाजुरा ,भदाै २४

     सडक सञ्चाल संग जोडिन नसकेको कर्णाली पारीको एक मात्रै स्वामीकार्तिक खापर गाउँपालिकाको स्याउ कैलालि पुगेको छ । सडक अवरुद्धका कारण बारीमै थन्कीन पुगेको गाउँपालिकाको अर्गानिक स्याउ कर्णाली करिडोरको बाटो सञ्चालनमा आएसँगै विक्रि वितरणका जिल्ला वाहिरका बजारमा पुग्न थालेको हो । स्वामिकार्तिक गाउँपालिकाको जेबाले, सैदेओ, खुन्का र जोरु लगायतका ठाउँको स्याउ विक्रिका लागि ढुवानि भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । 

सडक समस्याका कारण जेबालेको स्याउ ढुवानि हुन नसके पनि अन्य ठाउँको ढुवानि भएको बताउनुभएको छ । सडक पुग्न वाकि रहेको र पुगे पनि वर्षातकका कारण अवरुद्ध भएका ठाउँमा अन्य विकल्पबाट भए पनि स्याउ ढुवानि गरिने बताउनुभयो । पालिकाको तथ्याकं अनुसार हाल सम्म गाउँपालिकाबाट १४ ट्रक स्याउ ढुवानि भईसकेको अध्यक्ष रोकायाले बताउनुभयो । 

गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानी भएको र पीलुचौर देखि ट्रक मार्फत सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा निर्यात भइरहेको उहाँले बताउनुभयो । उत्पादन अनुसारको स्याउ स्थानीय बजारमा खपत हुन नसके पछि जिल्ला वाहिरका बजार खोज्न थालिएको हो । 

गत वर्ष अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाण्डौसम्म लगिएको थियो । तर यस वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध हुँदा कर्णाली करिडोरबाट कालिकोट, सुर्खेत हुँदै नेपालगञ्ज र कैलालीको धनगढी र लम्कीसम्म पुगेको स्याउ किसान तथा स्याउ विक्रेता धनबहादुर रावलले बताउनुभयो । कोल्टी मार्तडी सडक खण्ड सुचारु नभएपछि विकल्पको रुपमा कर्णाली करिडोरको बाटो खोज्नु परेको उहाँले बताउनुभयो । स्याउ खरीदका लागि बाजुरा सहित जिल्ला वाहिरका ब्यापारी किसानको बारीमै पुग्न थालेका छन । हेर्दा आकर्षक, खाँदा स्वादिलो र विक्रि वितरणका लागि सहज हुने हुँदा स्वामीकार्तिकको स्याउको माग वढेको छ । 

ढुवानिकर्ताले किसानको बोटमै पुगेर प्रति किलो ४० रुपंैयाँका दरले स्याउ खरीद गर्ने गरेका स्याउ किसान तथा स्याउ विक्रेता धनबहादुर रावलले बताउनुभयो । उहाँले एक ट्रक स्याउ विक्रि गरेर सकिएको र बाकि विक्रिका लागि दरीद प्रक्रियामा रहेको बताउनुभयो । स्वामीकार्तिकमा प्रतिकिलो ४० रुपंैयाँका दरले खरीद भएको स्याउ धनगढीमा होलसेलमा ८६ रुपंैयाँमा विक्रि गरेकोे बताउनुभयो । बजारमा प्रतिकिलो १ सय ३० रुपंैयाँ भाउ भए पनि आफूले होलसेलमा प्रतिकिलो ८६ रुपंैयामा विक्रि गरेको बताउनुभयो । फाट्टफू्ट्ट विक्रि गर्दा झन्झट हुँने भन्दै एकमुष्ट विक्रि गिरएको बताउनुभयो । 

बाजुराको स्याउको धनगढीमा अत्यधिक माग वढेको छ । तर माग अनुसार पुरयाउन सकस हुने ब्यापारी बताउछन । यस वर्ष स्वामीकार्तिकको स्याउ खपाउन समस्या छैन । क्वालिटी हेरेर खपत हुने गरेको छ । स्याउ विक्रि वितरणबाट फाईदा हुने गरे पनि सम्वन्धित ठाउँमा पुर्याउन सकस हुने गरेको छ । बाटो अवरुद्ध नभए, कार्टुन टुटफूट नभई सुरक्षित साथ गन्तब्यमा पुरयाउन सके स्याउ विक्रिबाट फाईदा हुने रावलले बताउनुभयो ।  

गाउँपालिकाका पछिल्लो समय स्याउ उत्पादनमा वृद्धि हुने गरे पनि खपत न्यून हुँदा किसानले सोचे अनुसारको मुल्य पाउन सकेका छैनन । यो वर्ष मात्रै गाउँपालिकामा झण्डै एक करोड बढीको स्याउ उत्पादन हुने कृषि विकास शाखाको अनुमान छ । तर उत्पादन अनुसारको खपत गर्न कठिनाई हुने छ । पछिल्लो समय परम्परागत खेती प्रणाली भन्दा आधुनिक तरीकाले खेति विस्तार गर्ने परम्परा वढेको, अनुदानमा पनि सवैको पहुँच पुगेको र स्याउको जात परिवर्तन गरी खेति गरिदा उत्पादनमा वृद्धि भएको छ । 

गाउँपालिकामा डेलिसिएस, रोयल रेडडेलिसियस, गोल्डेन, गाला, फुजी लगायतका स्याउका जात परीवर्तन गरि खेती गर्न थालिएको कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा स्याउ उत्पादन हुने गरे पनि ति मध्य स्याउ सवै भन्दा वढि स्वामीकार्तिकमा वढि हुने गरेको उहाँले बताउनुभयो । गाउँपालिकामा पछिल्लो समय तालिम, प्रविधि र अनुदानका कार्यक्रम सञ्चालन गरेर किसानलाई स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आए पछि स्याउ उत्पादनमा वृद्धि भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा वर्षेनि स्याउ उत्पादन राम्रो हुने भए पनि बजारमा समस्याका कारण खपत गर्न समस्या हुने गरेको छ । स्थानीय बजारमा उत्पादन अनुसारको खपत नहुँने र जिल्ला वाहिर पठाउनका लागि सडक सहज नहँुदा समस्या झेल्नु परेको किसान बताउछन । ब्यवसाय गर्न सजिलो र उत्पादन पनि राम्रो हुने भए पछि घर नविराई स्याउ खेति तर्फ आर्कषित किसान पछिल्लो समय बजार र सडकका कारण चिन्तीन हुन थालेका छन । 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.