बाजुरा–बाजुराको गौमुल गाउँपालिकामा भाइरल पुलका रुपमा चिनिने झोलुङ्गे पुल निर्माणका कामदारले १ बर्ष सम्म पनि पैसा पाएका छैनन् । २०८१ बैशाख २३ गते पुर्वसंघिय सांसद तथा एमाले केन्द्रिय सदस्य लाल बहादुर थापाले पुलको उद्धघाटन गरेर सञ्चालन आएको थियो ।
पुल उद्धघाटन भएर सञ्चालनमा आएको १ बर्ष बढी बितिसक्दा पनि स्थानिय कामदारले पैसा नपाएको स्थानिय राजिब रोकायाले वताएका छन् । कामदारले पैसा पाउनुपर्ने पटक पटक माग गरिरहेका छौ, अहिले सम्म पुल निर्माणमा काम गरेको कामदारले पैसा नपाउदा मारमा परेको स्थानियले वताएका छन् । काम गरेको पैसा मात्र २० लाख कामदारले पाउन बाँकिरहेको उनले रोकायाले वताए ।
अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीका प्रतिनिधि तथा प्राबिधिक चेतन दाहालका अनुसार कार्यलयले भुतmानी नगर्दा पैसा दिन नसकेको वताए । काम सम्पन्न भएपनि कार्यलय बाट ५६ लाख ३० हजार भुक्तानि बाँकि रहेकाले कामदारको पैसा तिर्न नसेकेको वताएका छन् । काम सम्पन्न पछि केही कामदारलाइ खाली चेक दिए । अहिले सम्म कार्यलयले पैसा नदिदा आफ्नो नाममा प्रहरी कहाँ उजुरी समेत परेको उनले वताए । कार्यलयले पैसा भुक्तानि नदिदा तिर्न नसकेको वताए ।
स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय धनगढीका इन्जिनियर जगदिश बिष्टले विगतमा बजेट व्यबस्थापन नहुदा भुक्तानि दिन नसकेको स्वीकार गरेका छन् । यो आर्थिक बर्षमा सबै भुक्तानि दिइसक्ने वताए । केही दिनमा कम्पनीको खातामा पैसा जम्मा गर्ने वताएका छन् । जिल्लाको लामो र अग्लो पुल भएकाले टिकटक फेसबुकमा भिडियो बनाउनेको निकै भिड लाग्ने गरेको छ । यो पुल जिल्लामा भाइरल पुलका रुपमा परिचित रहेको छ ।
जिल्लाकै लामो झोलुङ्गे पुल हो । गौमुल गाउपालिकाको ३ वडा कार्यालय माझपाली देखी सोहि वडाको धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । यो पुल बाजुरा जिल्लाकै लामो र बढी उचाइ भएको पुल हो । “स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय धनगढी कैलालि” लगानीमा झोलुङ्गे पुल निर्माण भएको हो । करिब १ सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता भएर काम गरेको थियो ।
ठेक्का सम्झौताको म्याद २०८० पौषमा सकिए पनि ६ महिनाका लागि म्याद थप गरिएको थियो । ६ महिना पछि भने कम्पनीले काम सकेर सञ्चालनमा ल्याएको थियो । पुल निर्माणपछि एक घण्टाको बाटो दश मिनेटमा छोटिएको छ । धल्काडा, पाते र गर्जेका करिव दुईसय घरधुरीका जनतालाई वडा कार्यालयबाट प्रदा गरिने सेवा, स्वास्थ्य सेवा लगायत आउजाउ गर्न निकै सहज भएकोे स्थानियले राजिव रोकायाले बताए । बिषेश गरि बालबिकास माध्यामिक बिध्यालयमा अध्यन गरिरहेका बिध्यार्थीहरुका लागि सहज भएको रोकायाले बताए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com