ग्रीनल्याण्डका प्रधानमन्त्री म्युट इजेडले ग्रीनल्याण्डवासीहरूले आफ्नो भविष्य आफै निर्धारण गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका नागरिकहरू अमेरिका रोज्छन् भने उनीहरूलाई स्वागत गर्न तयार रहेको भनेर मंगलबार संसदलाई सम्बोधन गर्दा भनेका थिए।
ट्रम्पको उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री इजेडले फेसबुकमार्फत जबाफ दिँदै प्रधानमन्त्री इजेडले ग्रीनल्याण्डका नागरिकहरू अमेरिकन बन्नु नपर्ने बताएका हुन्।
'हामीलाई अमेरिकन वा डेनिस केही पनि बन्नुछैन। आफ्नो भविष्यको निर्धारण आफै गर्न सक्छौं,' उनले भने।
राष्ट्रपति ट्रम्पले जिम्मेवारी सम्हालेयता पटकपटक ग्रीनल्याण्ड अमेरिकाले किन्ने बताउँदै आएका छन्।
'हामी बिक्रीका लागि होइनौं। ग्रीनल्याण्डमै हाम्रो भविष्य निर्धारण गर्छौं,' उनले भने।
मंगलबार संसदमा बोल्दा पनि उनले ग्रीनल्याण्ड हासिल गर्ने कोशिसमा रहेको र त्यसमा सफल हुने पनि बताएका थिए।
'ग्रीनल्याण्डवासीहरूका लागि एउटा महत्त्वपूर्ण सन्देश छ- आफ्नो भविष्य आफै निर्धारण गर्न पाउने उनीहरूको अधिकारलाई हामी समर्थन गर्छौं। तर यदी तपाईंहरू अमेरिका रोज्नुहुन्छ भने भने हामी स्वागत गर्न तयार छौं। राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि हामीलाई ग्रीनल्याण्ड आवश्यक छ। हामी यसलाई हासिल गर्ने कोशिसमा छौं। र मलाई लाग्छ हामी त्यसमा सफल हुनेछौं,' उनले भने।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com