नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
‘हामीले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ पौडेलले सेतोपाटीसँग भने, ‘कहिले र कसरी गर्ने भन्नेबारे सोमबार अपराह्न ४ बजे समाजवादी मोर्चा र भोलि फेरि पदाधिकारी बैठक बसेर निर्णय गर्नेछौं।’
उनका अनुसार बैठकमा आइतबार काठमाडौंमा राजावादीहरूले गरेको प्रदर्शनबारे समीक्षा भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीको अगुवाइमा नै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com