ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



युक्रेनले रूसमा गर्‍यो अहिलेसम्मकै ठूलो ड्रोन हमला


क्रेनले रूसमा दर्जनौं ड्रोनले आक्रमण गरेको छ। मंगलबार स्थानीय समयअनुसार बिहान ४ बजे रूसको राजधानी रहेको मस्को राज्य लगायत युरोप क्षेत्रमा रहेको भूभागहरूमा युक्रेनले दर्जनौं ड्रोनले आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

समाचार संस्था रोयटर्सले युक्रेनको जबाफी आक्रमणलाई युद्ध सुरू भएयताकै ठूलो ड्रोन हमला भनेका छन्। ६९ भन्दा बढी ड्रोनहरू हवाइ प्रतिरक्षा प्रणालीले नष्ट गरेको रूसी अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ। 

रूसी समाचार संस्था तासले भने त्यहाँको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ३३७ ड्रोन निस्तेज पारिएको भनेको छ। 

तासका अनुसार  युक्रेनी हमलाबाट मस्कोका विड्नोय र डोमोडेडोवो सहरमा तीन घाइते एक जनाको मृत्यु भएको छ। 

रूसी अधिकारीहरूको दाबी सत्य भए त्यो युक्रेनमाथि आक्रमण सुरू भएयताकै ठूलो ड्रोन हमला रहेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

त्यस्तै सातवटा अग्ला अग्ला भवनहरूमा क्षति पुगेको र डोमोडेडोवोको रेल स्टेशनमा पनि सामान्य क्षति  पुगेको तासको समाचारमा उल्लेख छ।

युक्रेनी आक्रमणपछ ६ वटा विमानस्थलमा उडान र अवतरणमा तत्कालका लागि रोक लगाइएको पनि समाचारमा उल्लेख छ।

यसअघि अमेरिकाले सैन्य सहायता रोकेयता रूसले युक्रेनमा आक्रमण तीव्र बनाएको थियो। त्यहाँ एक साताको अवधिमा २५ जनाको मृत्यु र दर्जनौं घाइते भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

रूसमाथिको आक्रमण साउदी अरबमा अमेरिका र युक्रेनी अधिकारीहरू छलफलमा जुट्दैछन्।

त्यहाँ युद्ध अन्त्यको खाका तयार गरिने बताइएको छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.