ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



४७ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो ।

त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ । 

आइतबार १८ कम्पनीको मूल्य बढेको छ । २२६ कम्पनीको मूल्य भने घटेको छ । आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । 

आइतबार सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेको छ । आइतबार सबै उपसमूहको सूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले झरेको छ । 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.