ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मौद्रिक समीक्षापछि सेयर बजारमा उत्साह


१५ फागुन, काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । पहिलो एक घण्टामा बजारमा ३ अर्ब २० करोडको कारोबार भएको छ ।

१२ बजेसम्म सेयर बजार परिसूचक नेप्से २६ अंक बढेको छ । सो वृद्धिपछि २७९२ मा कायम भएको छ । पहिलो एक घण्टामा बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो ।

मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यहीं कारण बैंकको सेयरमा आकर्षण देखिएको छ ।

यो सेक्टर २.६ प्रतिशत बढेको छ । माइक्रोफाइनान्स, लगानी र होटल सेक्टर पनि १ प्रतिशतभन्दा धेरै बढेका छन् ।

सेयर बजार लाइभ 

१२ बजेसम्म १६२ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर रहेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी तथा कुमारी बैंक क्रमशः अगाडि देखिएका छन् ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.